संविधान दिवसको अवसरमा रोटरी तथा रोट्रयाक्टद्वारा रक्तदान

1.3K

संविधान दिवसको अवसरमा रोटरी तथा रोट्रयाक्टद्वारा रक्तदान

संविधान दिवसको अवसरमा रुपन्देहीको सुद्धोधन गाउँपालिकामा रक्तदान कार्यक्रम गरिएको छ । संविधान दिवसको अवसरमा रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा आईतबार सुद्धोधन गाउँपालिकाको फर्साटिकरमा रक्तदान कार्यक्रम गरिएको हो ।
रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले क्लवका भगिनी क्लवहरु राट्रयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देही, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा देवदह, रोट्रयाक्ट क्लव अफ तिलोत्तमा सुद्धोधन तथा इन्ट्रयाक्ट क्लव अफ तिलोत्तमा र रामापुर रिभाईवलको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको थियो ।
उक्त रक्तदान कार्यक्रममा क्लवका पदाधिकारी सदस्यहरु सहित सुभेच्छुक समेत गरि १०६ जनाले रक्तदान गरेको रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद चापागाईले बताउनु भयो ।
कार्यक्रममा बोल्दै उहाँले रक्तदानसंगै क्लवले आम समुदायलाई रक्तदानप्रति अभिप्रेरित गर्न ग्रामिण क्षेत्रलाई रोजेर कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रम रोट्रयाक्ट क्लव अफ रुपन्देही देवदहका अध्यक्ष सुनिल गिरीको स्वागतमा भएको थियो ।