राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीमा स्वास्थ्य सम्वन्धि सचेतना कार्यक्रम गरिएकाे छ । क्लवकाे नियमित बैठकमा नाक, कान घाँटी राेग सम्वन्धि स्वास्थ्य सचेतना गरिएकाे हाे ।
त्यस अवसरमा नाक कान घाँटी राेग विशेषज्ञ डा. प्रकाश बस्नेतले चिसाे, धुलाे तथा गन्धबाट हुने एलर्जी र पिनासकाे बारेमा जानकारी गराउँदै त्यसकाे उपचार तथा त्यसबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने कुरा प्रष्ट्याउनु भएकाे थियाे ।
क्लवका अध्यक्ष विष्णुप्रसाद चापागाईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्लवका पूर्व अध्यक्षहरु बालकृष्ण अर्याल, खिमानन्द भुसाल, राेट्रयाक्ट क्लव अफ तिलाेत्तमा सुद्धाेदनका अध्यक्ष सराेज खनाल, राेट्रयाक्ट क्लव अफ तिलाेत्तमा रुपन्देहीका अध्यक्ष नवीन अर्याल, क्लवका काेषाध्यक्ष देवीराम पाण्डे, दिपक भट्टराई लगायतले भनाई राख्नु भएकाे थियाे ।
कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य तथा भगिनी राेट्रयाक्ट क्लवका पदाधिकनरी तथा सदस्यहरु सहभागी थिए ।