लोकतान्त्रिक शैक्षिक परामर्श संघ नेपालको आयोजनामा शुभकामना आदानप्रदान

1.3K

लोकतान्त्रिक शैक्षिक परामर्श संघ नेपालको आयोजनामा शुभकामना आदानप्रदान


बुटवल । नेपाली काँग्रेस निकट लोकतान्त्रिक शैक्षिक परामर्श (डिक्यान) नेपाल लुम्बिनी प्रदेशको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । नेपालीहरुको महान चाड शुभ दीपावली, छठ तथा नेपाल सम्बतको अवसरमा बुधबार बुटवलमा उक्त शुभकामना कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य टंक पाण्डेले यो संस्था विशुद्ध नेपाली काँग्रेस निकट व्यवसायीहरुको संस्था रहेको बताउनु भयो । विगत दुई वर्षदेखि नेपालमा शैक्षिक सुसासन कायम हुन नसकिरहेको बताउनु भयो । देशको संक्रमणकालीन परिस्थीतिमा शिक्षा क्षेत्र प्रभावित हुन पुगेको उल्लेख गर्दै सरकारले उचित प्याकेज ल्याउनु पर्ने बताउनु भयो । संघका लुम्बिनी प्रदेशका संयोजक दिनेश पौडेलले कोभिड महामारीका कारण संकटग्रस्त बनेको परामर्श व्यवसाय पुनः लयमा फर्किन लागेको बताउँदै व्यवसायिक र व्यक्तिगत प्रगतिको कामना गनुभयो । उहाँले यस संस्थामा २४ व्यवसायी रहेको बताउदै यस संस्थामा दर्ता भएका अधिकांश व्यवसायी दर्ता भएका बताउदै दर्ता हुन बाँकी रहेका व्यवसायीलाई नेपाल सरकारले तोके बमोजिम आवश्यक कागजात पुरा गरि दर्ता गर्नुपनि अनुरोध गर्नुभयो । कार्यक्रम अन्जु ज्ञवालीको स्वागत र संघका लुम्बिनी प्रदेशका सह संयोजक गोविन्द बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।