पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि बिरुद्ध बुटवलमा अनेरास्ववियूको प्रदर्शन

1.3K

पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि बिरुद्ध बुटवलमा अनेरास्ववियूको प्रदर्शन

खाना पकाउने एलपि ग्याँस सहित पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि बिरुद्ध अनेरास्ववियूले बुटवलमा प्रदर्शन गरेको छ ।
नेपाल आयल निगमले खाना पकाउने एलपि ग्याँस सहित पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धि बिरुद्ध अनेरास्ववियू समर्थित बिद्यार्थीले बुटवलमा बिरोध प्रदर्शन सहित चक्काजाम गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले गरेको सडक प्रदर्शनमा मूल्यवृद्धि फिर्ता गर्न माग गरिएको थियो भने बिहिबार बिहान ९ बजेदेखि एक घण्टा बुटवलमा चक्काजाम समेत गरिएको थियो ।
निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ प्रतिलिटर तीन रुपैयाँ र एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको छ ।