२८ कात्तिक : हाम्रो परिवारको कालो दिन

1.3K

२८ कात्तिक : हाम्रो परिवारको कालो दिन

बिनोद घिमिरे /

‘२८ कात्तिक २०५७’ आजकै दिन बुवा (श्यामनाथ कश्यप घिमिरे) रातीको खाना खाँदै हुनुहुन्थ्यो । बुवालाई जुठै हात जुठै मुख अपहरण गरि लैजाँदा हामी परिवारका सबैजना भावविह्वल भयौं । म कक्षा ९ मा पढ्दै थिएँ । अर्धवार्षिक परिक्षाको आईरहेको थियो, मलाई मेरो पढाई भन्दा पनि बुवाको सम्झाना आईरह्यो । मेरो मनमा बुवालाई अपहरण गरेको क्षण छचल्कीरह्यो ।
नेपाली काँग्रेसको १० औं महाधिवेशन अन्तरगत पार्टीको स्थानीय निकायको अधिवेशनको अघिल्लो दिन छापामार शैलीमा बुवाको अपहरण भएको थियो । आज ठिक २१ वर्ष पुगेछ । तर मानसपटलमा त्यो घटना ताजै छ ।
नितान्त काँग्रेस पार्टीको इमान्दार नेता भए वापत बन्दी साटासाट गर्ने राजनितिक आशयका साथ अपहरण भएको बुझियो । ४४ दिनको कठोर राजनैतिक बन्दी जिवन व्यतित गरेर १० पुस २०५७ मा अपहरण मुक्त हुनुभयो । हाल : सन्धिखर्क नगारपालिका उपमेयर ठाकुरकुमार बि.कको जेलबाट रिहा भएपछि अपहरण मुक्त हुँदाको त्यो दिन म कसरी बुवालाई झम्टिन पुगे कति बेला कसरी आँसु खसे पत्तै भएन । तर त्यो पिडाले मलाई समेत राजनीतिमा होमिन प्रश्रय गर्यो ।

श्यामनाथ कश्यप घिमिरे सामान्य जीवन/अपहरण मुक्त भएपछि लिइएएको तस्वीर

नेपालको राजनैतिक परिवर्तनलाई विष्लेषण गर्दा २००७ सालको क्रान्तिपछि विभिन्न आन्दोलन भए । ००७, ०१७, ०१९, ०३६ र ०४६ सालको जनआन्दोलनको जगबाट नै आज देश संघीय बहुदल हुँदै लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको छ । अर्घाखांची जिल्ला २०४६ सालको जनआन्दोलन पछी काँग्रेस गढको रुपमा नै स्थापित भयो । सुरुवातका राज्यका सबै खाले निर्वाचनमा कांग्रेस अग्रणी रह्यो । नेता, कार्यकर्ताको अक्षुण एकता, सांगठनिक लगाब, अनुशासन र नेता कार्यकर्तामा पार्टीद्वारा देखाइने गरेको मुल्यांकनका कारण पार्टीको साख उच्च रहेको कार्यकर्ता पङ्तीमा आभाष भएकै कारण काँग्रेस बलियो जनाधार भएको पार्टीको रुपमा जिल्लामा स्थापित छ ।
२०४६ सालको जनआन्दोलन र माओवादी सशस्त्र बिद्रोहपछी पार्टीका लागि जिवन उत्सर्ग गर्नु हुने आदरर्णीय नेताहरु, परिवार र राजनैतिक बन्दीका रुपमा अपहरित भई ४४ दिन लामो बन्दी जिवन व्यतित गरी मुक्त हुनु भएका जिउँदो सहिद सावित हुनुभएका बुवा र तात्कालिन समयमा समेत पार्टीको नीति, सिद्धान्तमा अडिग रहि काँग्रेस भएकै कारण आफ्नो ज्यान समेत गुमाउने अग्रज प्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरु प्रती नेपाली काँग्रेस अर्घाखाँचीले कस्तो मुल्यांकन गरेको छ वा गर्नेछ ? भन्ने बिषय आसन्न १४ औं अधिवेशनबाट पनि स्पष्ट होला यद्यपि पार्टीका लागि जीवन उत्सर्ग गर्ने नेता तथा कार्यकर्ताको योगदानको पार्टीले सम्मान, कदर गर्नु नै आउने पिढीका लागी प्रेरणा बन्न सक्छ ।

जय नेपाल !

२८ कात्तिक २०७८