राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदिपकुमार उदय निर्वाचित हुनु भएको छ । सोमबार भैरहवामा सम्पन्न राप्रपा लुम्बिनीको प्रथम एकता अधिवेशनबाट उदय निर्वाचित हुनुभएको हो ।
ऋषिराज देवकोटासंग भएको प्रतिस्पर्धामा कुल ४५० मत खस्दा अध्यक्षमा विजयी उदले २५६ मत प्राप्त गर्नुभएको थियो ।