काठमाडाैं पुस ३ /सशस्त्र प्रहरीका आइजीपी कोषराज वन्तले राजीनामा दिएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई निलम्बन गर्न सिफारिस गरेपछि वन्तले आज साँझ राजीनामा दिएका हुन् । उनले साँझ ५ बजेतिर गृह सचिव नारायण गोपाल मलेगुसमक्ष राजीनामा बुझाएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।उनलाई निलम्बन गर्ने निर्णय गर्न अहिले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।