‘प्लस टु’मा नेपाल प्रथम भएका आफ्ना बिद्यार्थीलाई तिलोत्तमामा सम्मान

1.3K

‘प्लस टु’मा नेपाल प्रथम भएका आफ्ना बिद्यार्थीलाई तिलोत्तमामा सम्मान

रुपन्देहीको तिलोत्तमामा सञ्चालित तिलोत्तमा माध्यमिक बिद्यालयले सो बिद्यालयमा अध्ययन गरेर नेपालमै उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान गरेको छ । बिद्यालयले आईतबार कार्यक्रमको आयोजना गरि सो बिद्यालयबाट ‘प्लस टु’ परीक्षामा सहभागि भएका बिद्यार्थी नेपाल प्रथम र द्वितीय भएको दावी गर्दै उनीहरुलाई सम्मान गरेको हो ।
सो बिद्यालयमा व्यबस्थापन अध्ययन गरेका नवलपरासी पश्चिम सुनवलका बिक्रम तिवारी र कृष्ला लामाले समान ३.९२ अंक ल्याएर नेपालमै प्रथम भएको दावी बिद्यालयले गरेको छ । त्यस्तै सोही बिद्यालयमा बिज्ञान विषय अध्ययन गरेका गुल्मीका असिम भण्डारीले ३.८६ अंक ल्याएर नेपाल द्वितीय भएको बिद्यालयको दावी छ ।
बिद्यालयले आयोजना गरेको सम्मान कार्यक्रममा ति बिद्यार्थीलाई सम्मान गर्दै तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले नीजि क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले दिने गुणस्तरको शिक्षा सरकारी बिद्यालयबाट दिनेगरी नगरपालिकाले गृहकार्य गरिरहेको बताउनु भयो । नगरपालिकाको प्रयासमा सामुदायिक बिद्यालयमा केही सुधार भएपनि पूर्ण रुपमा सुधार हुन अझै केही समय लाग्ने उहाँको भनाई छ ।
त्यस्तै सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्यालले तिलोत्तमा क्याम्पसले जुन रुपमा आफूलाई स्थापित गरेको छ, त्यो उसले दिने नजिताले नै भएको पुष्टि भएको बताउनु भयो । उहाँले सुनवल नगरपालिकालाई नेपालमै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको बताउँदै शैक्षिक सुधारका कार्यक्रम समेत सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै बिद्यालयका प्राचार्य डा. आरसि आचार्यले २०५३ सालमा स्थापित बिद्यालयले सुरुवाती समयदेखि नै उत्कृष्ट नतिजा दिँदै आएपनि नेपाल प्रथम पहिलो पटक भएको जानकारी गराउनु भयो । उहाँले अहिले प्रथम द्वितीय निर्धारण गर्ने परम्परा अन्त्य गरिएपनि नतिजाको गहिरो अध्ययनले तिलोत्तमाका बिद्यार्थी प्रथम भएको जानकारी प्राप्त भएको दावी गर्नुभयो ।
हाल उक्त बिद्यालयमा करिव २ हजार बिद्यार्थीले अध्ययन गर्दै आएको बिद्यालयले जनाएको छ । बिद्यार्थी सम्मान कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख रोमाकान्त तिवारी, नेपाल प्रथम भएका बिद्यार्थी बिक्रम तिवारी, बिज्ञान विषयमा द्वितीय भएका असिमकी आमा लगायतले आफ्ना अनुभव र भनाई राखेका थिए ।