नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

1.3K

नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

नेपालमा २४ जनामा कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको पुष्टि भएको छ । यो संगै पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एकै दिन अघिल्लो दिनभन्दा ४ सय जनामा भन्दा पनि बढीमा संक्रमण देखिएको हो । त्यस्तै पछिल्लो दिन जिन सिक्वेन्सिङ गरेका २४ जनामै ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।
नेपालमा यस अगाडि ३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । यसरी हेर्दा २७ जनामा ओमिक्रोन देखिएपनि यसको संक्रमण समुदायमा पुगिसकेको मन्त्रालयले संकेत गरेको छ । मन्त्रालयले पुस महिनामा कोरोना संक्रमण पुष्टि भएका १ हजार १४६ नमुनामध्ये एसजिन स्क्रिनिङमा २५० वटामा नेगेटिभ आएको थियो । त्यसमध्ये पनि २४ वटा नमुनाको जिन सिक्वेन्सिङ गरिएको थियो । त्यसमा सबै नमुनामा ओमिक्रोन पुष्टि भएको हो । जनस्वास्थ्य विज्ञहरुका अनुसार कोरोना भाईसर संक्रमित मध्ये चारभागको एक भागमा ओमिक्रोन हुन सक्ने अनुमान छ ।