नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १८ हजार १०३ नमुनाको पिसिआर परीक्षणमा ९ हजार ४३२ र ७ हजार ८०६ नमुनाको एन्टिजेन परीक्षणमा २ हजार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै देशभर ८८ हजार ९३४ जना सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमित मध्ये २४५ जनाको आईसीयु र ४४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।
कोरोना भाईरस संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन् । यो सहित नेपालमा कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ ।