बालबालिकालाई न्यानो कपडा प्रदान

1.3K

बालबालिकालाई न्यानो कपडा प्रदान

लायन्स क्लव अफ बुटवल लाईटले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । क्लवले नवलपरासी प्रतापपुरमा रहेको विपि स्मृति प्राथमिक विद्यालयमा अध्ययन गर्ने ८७ जना बालबालिकालाई न्यानो कपडा (ट्रयाक सुट) प्रदान गरेको हो । अत्यधिक जाडो बढेपछि अध्ययनको लागि विद्यालय आउने वालबालिकालाई जाडोबाट बचाउनको लागि न्यानो कपडा वितरण गरिएको हो ।
क्लवले हालै विद्यलयमा आयजना गरेको कार्यक्रममा क्लवका अध्यक्ष प्रेमराज न्यौपाने, रिजन चियरप्रसन नारायणबहादुर थापा, जोन चियरप्रसन शंकरप्रसाद पाण्डे, वडा अध्यक्ष कादिर अलि अन्सारी लगायतले बालबालिकालाई उक्त ट्रयाकसुट वितरण गर्नुभएको थियो ।
त्यस अवसरमा बोल्दै क्लवका अध्यक्ष न्यौपानेले बालबालिकालाई जाडोबाट बचाउनको लागि न्यानो कपडा प्रदान गरिएको र यसले कही भएपनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि विद्यालयमा आवश्यक पर्ने र क्लवले गर्न सक्ने सहयोगको लागि तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक रुदलप्रसाद कोहारले बालबालिकालाई न्यानो कपडा वितरण गरेकामा क्लवलाई धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस्तै रिजन चियरप्रसन थापा, जोन चियरप्रसन पाण्डे, वडा अध्यक्ष अन्सारी, समाजसेवी मोहन विश्वकर्मा, प्रतापपुर गाउँपालिकाका स्वास्थ्य शाखाका ऋषिदेव चौधरी लगायतले भनाई राखेका थिए । कार्यक्रम क्लवका प्रथम उपाध्यक्ष दीपक अधिकारीको सञ्चालनमा भएको थियो ।