कोरोनाबाट थप १२ जनाको मृत्यु

1.3K

कोरोनाबाट थप १२ जनाको मृत्यु

कोरोना भाईरस संक्रमणका कारण नेपालमा थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्य भएको हो । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ७६४ जनाको मृत्यु भएको छ ।
त्यस्तैगरी पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ४९९ जनाको पीसीआर परीक्षणमा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण्मा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।