लुम्बिनीमा प्रजातन्त्रवादी चिकित्सक संघ घाेषणा सहित पदस्थापना

1.3K

लुम्बिनीमा प्रजातन्त्रवादी चिकित्सक संघ घाेषणा सहित पदस्थापना

नेपाली काँग्रेसमा आस्थावान चिकित्सकहरुकाे छाता संस्था प्रजातन्त्रवादी चिकित्सक संघ लुम्बिनी प्रदेश समिति घाेषणा सहित कार्यसमितिकाे पदस्थापन गरिएकाे छ । शनिबार बुटवलमा कार्यक्रमकाे आयाेजना गरि प्रदेश कार्यसमिति घाेषणा गर्दै पदस्थापन गरिएकाे हाे । गत मंसिर २२ मा काठमाण्डाैमा सम्पन्न अधिवेशनबाट डा. कृष्ण खरेल लुम्बिनी प्रदेशकाे संयाेजकमा सर्वसम्मत निर्वाचित हुनुभएकाे थियाे ।
संयाेजक डा. खरेलले कार्यसमिति विस्तार गरि घाेषणा तथा पदस्थापन गरिएकाे हाे ।
जसअनुसार सहसंयाेजक डा. संकेत रिजाल, महासचिवमा डा. सन्दिप सुवेदी, सचिवमा डा. सुदर्शन थापा र डा. किशाेर खत्री, काेषाध्यक्षमा डा. शरिता श्रेष्ठ तथा सहकाेषाध्यक्षमा डा. दिनेश गाैतम रहनु भएकाे छ ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा डा. राजेन्द्र बस्याल, डा. उदयकुमार सिंह, डा. माेहनलाल तिवारी, डा. रिकेश सापकाेटा, डा. अरुण पाेखरेल, डा. दिपेन्द्रसिंह क्षेत्री, डा. उदिप महर्जन, डा. प्रकृति लामिछाने, डा. दीपक यादव, डा. झपेन्द्र ढकाल र डा. कपिल गाैतम रहनु भएकाे छ ।
कार्यक्रममा बाेल्दै संघका केन्द्रीय अध्यक्ष अनिलबिक्रम कार्कीले संघले
बिचारकाे प्रतिनीधित्व गर्ने भएकाेले बिचारकाे नेतृत्व गर्ने दललाई जिताउने, काँग्रेसले लिएकाे नीतिमा चिकित्सकहरुकाे उपस्थिति कति छ र बढाउन के गर्न सकिन्छ, चिकित्सककाे हकहित संरक्षण लगायतका कुरामा संघले काम गर्ने बताउनु भयाे । उहाँले  मेडकल कलेजहरुमा विद्यार्थीकाे शुल्क ताेकिएजस्तै कार्यरत चिकित्सकहरुकाे पनि शुल्क ताेकिनुपर्ने भनाई राख्नुभयाे ।
त्यस्तैगरी प्रदेश संयाेजक खरेलले संघले लिएकाे नीति अनुसार प्रदेश समितिले काम गर्ने बताउनु भयाे ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, संघका संस्थापक महासचिव मुक्तिराम श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. शिवजी रिजाल, चिकित्सक संघका केन्द्रीय महासचिव डा. बद्री रिजाल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेण्ट डा. ईन्द्र ढकाल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर समिति सभापति खेलराज पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेख्रेल लगायतले शुभकामना व्यक्त गर्नुभयाे । कार्यक्रम महेश शर्मा पाैडेलकाे सञ्चालनमा भएकाे थियाे ।