वेष्टर्न मेगामा नवआगन्तुक विद्यार्थीलाई अभिमुखिकरण

1.3K

वेष्टर्न मेगामा नवआगन्तुक विद्यार्थीलाई अभिमुखिकरण

स्नातक तहमा होटल ब्यवस्थापन अध्यनयन गर्न आएका नयाँ विद्यार्थीलाई अभिमुखिकरण गरिएको छ । बुटवलको ढवाहमा रहेको वेष्टर्न मेगा कलेजले बिएचएम (व्याचलर आफ होटल म्यानेजमेन्ट) अध्ययनको तयारीमा रहेका रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका जिल्लाका झण्डै एक सय जना विद्यार्थीलाई अभिमुखिकरण गरेको हो ।
कार्यक्रममा विएचएम अध्ययनका लागि सहजता, उपाय, पढ्ने शैली र अध्ययनको नयाँ शैली लगायतका विषयमा प्रशिक्षण गरिएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षा निर्देशनालयका प्रमुख मनोज गैरेले शिक्षामा सीप र ईलम अपरिहार्य रहेको भनाई राख्नुभयो । उहाँले भन्नुभयो–कम्तिमा पढेलेखेका मानिसहरु वेरोजगार भएर बस्नु नपरोस् ।
आरम्भ ग्रुप अफ हस्पिटालिटी प्रा.लि.का अध्यक्ष मेघराज पन्थको अध्यक्षतामा भएको कार्यक्रममा न्याथमका प्रशिक्षक मनराजा खत्री, टाईगर प्यालेशका जिएम धान्युङ्ग शेर्पा, गोविन्द लुईटेल, कलेजका प्राचार्य श्रीप्रसाद भट्टराई, सहप्राचार्य किशु शर्मा, बिएचएम कोर्डिनेटर सुमित रिजाल, सौगात लामिछाने, सुधन घिमिरे लगायतले होटल ब्यवस्थापन अध्ययनको शैली, भविष्य र सीपका बारेमा भनाई राख्नु भएको थियो ।
कार्यक्रममा वेष्टर्न मेगा कलेजका शिक्षक प्रेम पोखरेल र कल्पना न्यौपानेको सञ्चालनमा भएको थियो । त्यसै अवसरमा कलेजका विद्यार्थीलाई रुपन्देहीको तिलोत्तमामा रहेको टाईगर प्यालेस फाईभ स्टार होटलको व्यवस्थापन, अभाष, खानपान र प्रदान गरिरहेको हस्पिटालिटी सेवामा अवलोकन गराईएको थियो ।
वेष्टर्न मेगा कलेजले होटल ब्यवस्थापनमा झण्डै डेढ सय विद्यार्थीहरुलाई दिक्षित गराईसकेको छ । तीमध्ये हाल ३५ जना विद्यार्थी क्यानडा, अस्टेलीया लगायतका युरोपका देशमा रोजगारी गरिरहेका छन् भने बाँकी स्वदेशमै स्वरोजगार बनेको कलेजका सहायक प्राचार्य किशु शर्माले जानकारी दिनुभयो । लिंकन युनिभर्सिटी कलेज मलेसियाबाट सम्वन्धन प्राप्त गरेको वेष्टर्न मेघा कलेजले विएचएम र एमविएका कक्षाहरु संचालन गर्दै आएको छ ।