कपिलवस्तुमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका-१ बुङ्ची चोकस्थित आइतबार बा.३ ख ९८३० नम्बरको ट्रकले लु.३२ प ४८३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुद्धभूमि नगरपालिका-१ बस्ने २८ वर्षीय माधव अधिकारीको मृत्यु भएको हो ।
मोटरसाइकल चालक मृतकका बुबा ४८ वर्षीय धर्मराज अधिकारी घाइते भएका छन् । अधिकारीको सामुदायिक अस्पताल कपिलवस्तुमा उपचार भइरहेको छ । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।