रुपन्देहीको तिलोत्तमा र सैनामैना नगरपालिकालाई कोरोना विरुद्धको पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । १२ वर्ष भन्दा माथिका सबै उमेर समुहकालाई कोरोना विरुद्धको खोप लगाएकाले ती दुबै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।
तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका १ लाख २८ हजार ५३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना रहेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै सैनामैना नगरपालिकामा १२ वर्षदेखि माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप दिईएको नगरपालिकाले जनाएको छ । जस अनुसार सैनामैनामा १२ वर्षभन्दा माथिको कुल जनसंख्या ७१ हजार ५१० सबैलाई कोरोना विरुद्धको दुबै मात्रा खोप दिईएको नगरपालिकाले जनाएको छ ।