बुटवल । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको आसन्न आठौँ महाधिवेशनमा तेजेन्द्र प्रसाद कंडेलले केन्द्रीय सचिव (युवा) मा उम्मेदवारी घोषणा गर्नु भएको छ ।
निजामती सेवामा प्रवेश गरेसँगै जिल्ला स्तरीय युनियनका क्रियाकलापमा सक्रिय हुँदै जिल्लालाई सफल नेतृत्व प्रदान गरेको अनुभव भएकोले नेपाल निजामती कर्मचारी युनियनलाई देशभरमा कसरी प्रथम बनाउन सकिन्छ भन्ने खाका र योजना आफूसँग भएको र पेसागत हित सँगसँगै नेपालको सार्वजनिक सेवाको सुदृढीकरणका माध्यमबाट ट्रेड युनियनको भूमिका अभिवृद्धि गराउन युनियनको आसन्न महाधिवेशनबाट उपयुक्त भूमिका निर्वाह गर्न सक्ने गरी केन्द्रीय सचिव (युवा) पदको जिम्मेवारी दिन लागेकोे उहाँले बताउनु भयो ।
फागुन २१ गते देखि २३ गतेसम्म काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुन गइरहेको महाधिवेशनमा कर्मचारीहरुको वृतिविकास र संरक्षणमा निरन्तर लाग्ने, कर्मचारीको हक हितको लागि सधै आवज वुलन्द पार्ने दुख सुखमा साथ दिने, जनसेवामा अहोरात्र खटिने युवाहरुका आशाका केन्द्र, जुझारु, नैतिकवान कर्मचारीको छबी बनाएका र कर्मचारीहरुको पेसागत हकहितका लागि लामो समयदेखि लड्दै आएकाले जित सुनिश्चित रहेको कंडेलले बताउनु भयो ।
अब्बल नेतृत्व क्षमता भएका बौद्धिक, शालिन र इमान्दार कर्मचारीको पहिचान बनाउन सफल तेजेन्द्र प्रसाद कंडेल विद्यार्थी काल देखि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघको विभिन्न पद र समितिमा रही काम गर्दै गर्दा २०६८ सालमा निजामती सेवामा प्रवेश गर्नु भएको थियो। कडेल नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय युवा विभाग सदस्य, चितवन जिल्ला कार्य समितिको सल्लाहाकार, सर्वोच्च अदालत विभागीय कार्य समिति सदस्य र आधिकारिक ट्रेड युनियन सर्वोच्च अदालतको सदस्य भई नेपाल निजामती कर्मचारी युनियनलाई शसक्त र क्रियाशिल बनाउन लागि पर्ने व्यक्तित्वमा अग्रपंतीमा रहेको उहाँ निकट सदस्यहरुको भनाई छ ।
आफ्ना विचार र दृष्टिकोणलाई तथ्य सहित खरो रुपमा प्रस्तुत गर्न सक्ने सरल र मृदु भाषी कंडेल राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको नेतृत्व गर्दा पटक पटक प्रहरी हिरासतमा समेत पुग्नु भएको थियो ।
