कपाल प्रत्यारोपण सम्बन्धी प्रविधि बुटवलमा

1.3K

कपाल प्रत्यारोपण सम्बन्धी प्रविधि बुटवलमा

कपाल प्रत्यारोपणमा पछिल्लो उच्च प्रविधि विईएसटी सहितको सेवा बुटवलमा सुरु भएको छ । कपाल प्रत्यारोपणको लागि सबैभन्दा भरपर्दो मानिएको अरोगीनको एफयूई प्रविधि बुटवलमा ड्रिम स्कीनले ल्याएको हो ।
बुटवलको अस्पताललाई नजिकै कपाल प्रात्यारोपण सेवा सुरु गरिएको र त्यहाँबाट परामर्श तथा कपाल प्रत्यारोपण सेवा प्रधान गरिने प्रशासन विभाग प्रमुख जानुका विष्टले जानकारी गराउनु भयो । उहाँका अनुसार सन् २०१६ मा काठमाण्डौमा सुरु गरिएको यो सेवा अहिले देशका मुख्य शहरहरु बुटवल सहित पोखरा, विराटनगर र भारतको दिल्लीमा पनि प्रदान गरिएको छ । त्यस्तै निकट भविश्यमा भक्तपुर र बनेपामा पनि शाखा सञ्चालन गर्ने तयारी गरिएको उहाँले जानकारी गराउनु भयो ।
कपाल प्रत्यारोपण सर्जन डा. मनिषभक्त प्रधान कपाल प्रत्यारोपण गर्नुहुनेछ । अरोगीन हेयर एण्ड स्कीनले १०० प्रतिशत ग्यारेन्टी सहितको नयाँ उच्चतम प्रविधिको सेवा सुरु गरेको र हालसम्म ५ हजार बढीको सफल प्रत्यारोपण गरिएको प्रधान बताउनु हुन्छ ।
जलेको ठाउँमा पनि ग्यारेन्टी सहितको सेवा प्रदान गर्ने गरी सेवा प्रदान गरिएको ड्रिम स्कीनकी प्रमुख डा. एलिना शर्माले बताउनु भयो । बुटवल शाखा शुभारम्भको अवसरमा पहिलो १० जनालाई ३० प्रतिशतसम्म छुट गरिने पनि उहाँले बताउनु भयो ।
सामान्य छालारोग, मोडिफिसियल, मेडिपिल, बोटक्स, कपाल झर्ने समस्या, लेजरबाट कपाल काट्ने, छालामा भएका ट्यागहरु हटाउने लगायतका सेवाहरु प्रदान गर्दै आएको ड्रिम स्कीनकी डा. एलिना शर्माले बताउनु भयो ।