बुटवलको प्रगतिनगरमा निःशुल्क स्वास्थ्य शिबिर

1.3K

बुटवलको प्रगतिनगरमा निःशुल्क स्वास्थ्य शिबिर

बुटवलको प्रगतिनगरमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको आयोजना र एडमण्ड सिटि अस्पताल बुटवलको प्राविधिक सहयोगमा बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
गत शुक्रबार एक दिन आयोजना गरिएको स्वास्थ्य शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसुती, महिला तथा बाल, हाडजोर्नी, यूरो, नाक, कान घाँटी लगायतको स्वास्थ्य परिक्षण गरिएको थियो । शिविरमा आएका बिरामीलाई एडमण्ड सिटि अस्पताल बुटवलका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गर्नुको साथै परामर्श सेवा प्रदान गरेको थियो ।

बुटवलको पिछडिएको क्षेत्रका जनता अझैपनि स्वास्थ्यको पहुँच भन्दा बाहिर देखिएकोले स्वास्थ्य जनचेतनाको लागि शिबिर राखिएको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाका अध्यक्ष जीतबहादुर मल्ले बताउनु भयो । उहाँका अनुसार प्रगतिनगरका जनता स्वास्थ्य शिक्षा अभावका कारण अझैपनि स्वास्थ्य सेवाको लागि सहज पहुँचमा छैनन् ।
शिविरमा निःशुल्क ल्याव (सुगर, पिसाव) परीक्षण गर्नुको साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो । त्यस्तै शिविरमा आएका बिरामीको शिविरमा सम्भव नभएका ल्याव लगायतका परीक्षणको अस्पतालमा ५० प्रतिशत छुटमा परीक्षण गरिने एडमण्ड सिटि अस्पतालका अध्यक्ष प्रकाश रानाले जानकारी गराउनु भयो ।