अस्पतालमा जन्मिएको बच्चाको विवरण सिधै विभागमा पुग्ने प्रणाली विकास गर्न राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले प्रकृया अगाडि बढाएको छ । केही समयमै लागु हुनेगरी विभागले अस्पतालमा जन्मिएको बच्चाको विवरण फारम अस्पतालमै भरेर विभागमा आउने व्यवस्था मिलाएको हो ।
बच्चा कहिले जन्मियो भन्ने यकिन पनि हुने र जच्चाको जन्ममिति पनि वास्तविक हुने विभागकी निर्देशक विनिता भट्टराईले बताउनु भयो ।
जन्मदताको समस्या धेरै भएकोले त्यो समस्या समाधान गर्न र जन्मदर्तालाई व्यवस्थित गर्नको लागि बच्चाको विवरण अस्पतालबाटै विभागमा ल्याउन खोजिएको हो । यसले अस्पतालमा जन्मिएका बच्चाको दर्ता सहज भएपनि घरमै जन्मिएका बच्चाको दर्ता स्वयम्ले गर्नुपर्नेछ । बच्चा जन्मिएको ३५ दिन भित्र जन्मदर्ता गराउने पर्ने व्यवस्था छ ।