थप ८३ जनामा कोरोना संक्रमण पुष्टि, १३० संक्रमणमुक्त

1.3K

थप ८३ जनामा कोरोना संक्रमण पुष्टि, १३० संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७३४ जनाको पिसिआर गर्दा ५७ र ३ हजार १५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोही अवधीमा १३० जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभरमा ४ हजार ७४६ जना सक्रिय संक्रमित रहेका छन् ।