थप २७ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य

1.3K

थप २७ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु शून्य

पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षणमा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी २७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२० जना संक्रमणमुक्त भएका छन् भने सोही अवधीमा कसैको पनि मृत्यु भएको छैन ।
हाल देशभरमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ ।