थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २७१ जना संक्रमणमुक्त

1.3K

थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २७१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८२२ जनाको पीसीआर परीक्षणमा १२ जना र १ हजार ५२० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २७१ जना संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ । हाल देशभर १ हजार ९६० जना सक्रिय संक्रमित रहेका छन् ।