पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार नौ सय नौ जनाको नमुना परीक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६६ जना संक्रमणमुक्त भएका छन् ज्यान गुमाउनेको संख्या शून्य रहेको छ । हाल नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या आठ सय ९९ जना रहेको छ ।