कौण्डिन्य गोत्रीय पाठक समाज नेपालको पाँचौ अधिवेशन चितवनमा हुँदै

1.3K

कौण्डिन्य गोत्रीय पाठक समाज नेपालको पाँचौ अधिवेशन चितवनमा हुँदै

कौण्डिन्य गोत्रीय पाठक समाज नेपालको पाँचौ केन्द्रिय अधिवेशन चितवनमा हुँदै छ । वन्धुत्वको एकता र विकास हाम्रो अभियान, सुदृढ संगठन निर्माणका लागि पाँचौ राष्ट्रिय अधिवेशन , भन्ने मूलनाराका साथ यहि चैत्र २५ र २६ गते माडी नगर पालिका २ सिम्रहनी चितवनको सुन्दर नगरीमा हुन गईरहेको कौण्डिन्य गोत्रीय पाठक समाज नेपालको पाँचौ राष्ट्रिय सम्मेलन तथा अधिवेशनको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

देश विदेशमा छरिएर बसेका सहगोत्रीय पाठकहरुमा बन्धुत्वको भावना विकास,आपसी तथा पारीवारिक सद्भाव कायम राख्नका लागि समाज गठन गरिएको र समाजलाई मूर्त रुपमा अंगाडी बढाउनकालागि अधिवेशन गर्न लागिएको कौण्डिन्य गोत्रीय पाठक समाजका केन्द्रिय सचिव टिकाराम पाठकले जानकारी गराउनु भयो । शुक्रवार उद्घाटन हुने उक्त कार्यक्रममा वृद्ध–वृद्घा, जेहेन्दार बिद्यार्थी, विद्वान, सरकारी तथा गैरसरकारी संंघ–संस्थाका अधिकारीहरु, उद्योगपति, प्रतिभावान व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यस्तैगरी शुक्रवार बार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुने र शनिवार बिहान बन्दसत्रमा छलफल पछि नयाँ नेतृत्व समेत चयन गरिने छ । समाजले देशभर फैलिएर बस्नु भएका दाजुभाइ तथा दिदी बहिनिहरुलाई उपस्थितका लागि हार्दिक अनुरोध गरेको छ । शुक्रबारका दिन नयाँ नेतृत्व चयन गरिने हुँदा समाजको ईच्छुक सदस्य कार्ययोजना सहित अगाडि आई समाजलाई गति दिन सकिने ब्यबस्था रहेको समाजका पुर्ब अध्यक्ष रोमणी प्रसाद पाठकले जानकारी गराउनु भयो ।