माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु

1.3K

माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु

आजदेखि याे वर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएकाे छ । परीक्षामा देशभरबाट पाँच लाख १४ हजार ९६७ जना विद्यार्थी सहभागी छन् ।
त्यस्तै एसईई परीक्षामा लुम्बिनी प्रदेशबाट ८६ हजार ६२४ विद्यार्थी सहभागी भएका छन् । लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका अनुसार याे प्रदेशबाट २ हजार ८६६ जना प्राविधिक धार र २ जना दृष्टिबिहिन पनि परीक्षामा सहभागी छन् ।
काेराेना महामारीका कारण गएका दुई वर्ष परीक्षा हुन सकेकाे थिएन । विद्यालय आफैले गरेकाे आन्तरिक मुल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएकाे थियाे ।
लुम्बिनीका १२ जिल्लामध्ये रुपन्देहीबाट सबैभन्दा धेरै १८ हजार २५४ बिद्यार्थी सहभागि छन् । त्यस्तै दाङबाट १३ हजार १५२, बांकेमा ९ हजार २८९, बर्दियामा ८ हजार ५९१ र कपिलवस्तुमा ८ हजार ८३, नवलपरासी पश्चममा ६ हजार ३२६, पाल्पामा ४ हजार ८४१, गुल्मीमा ४ हजार ८२३, प्यूठानमा ४ हजार ४२२, रोल्पामा ४ हजार ११७, अर्घाखाँचीमा ३ हजार ५८५ परिक्षार्थी र रुकुम पुर्वमा सबैभन्दा कम १ हजार १४१ जना विद्यार्थी परिक्षामा सहभागि छन् ।
लुम्बिनीमा ३२७ वटा परिक्षाकेन्द्रमा एकएक जना केन्द्राध्यक्ष, ५ सय ७९ जना सहायक केन्द्राध्यक्ष र ४ हजार ३ सय ४५ जना निरीक्षक परिचालन गरिएको छ।