विद्यालय कर्मचारीसंग भएको सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनको तयारी

1.3K

विद्यालय कर्मचारीसंग भएको सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनको तयारी

सरकारले आफूहरुसंग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदले आन्दोलनको तयारी गरेको छ । परिषदको राष्ट्रिय समितिको शनिबार मकवानपुरको हेटौडामा बसेको बैठकले राष्ट्रिय समिति सदस्य पवनकुमार मिश्राको संयोजकत्वमा ११ सदस्यीय आन्दोलन परिचालन समिति समेत गठन गरेको छ ।
यस अगाडि सरकारले परिषदसंग विद्यालय कर्मचारीका लागि तलवमान कायम गर्ने सहितको ५१ सहमति गरेको थियो । यद्यपी कार्यान्वयनमा कुनै चासो नदेखाएका कारण आन्दोलनमा जान बाध्य भएको परिषदका केन्द्रीय अध्यक्ष गंगाराम तिवारीले बताउनु भयो ।
उक्त समितिलेले आन्दोलनको खाका तयार गरेर कहि दिनमा आन्दोलनको घोषणा गरिने उहाँले जानकारी गराउनु भयो । परिषदले पहिलो चरणमा गत जेठ २१ गते स्थानी तह र प्रदेश सरकालाई आफ्ना मागका विषयमा ज्ञापन पत्र बुझाउने लगायतका कार्यक्रम गरिसकेको छ । त्यस्तै बैठकले जिल्ला कार्यसमिति गठन नभएका जिल्लाहरुमा प्रतिनीधि चयन गर्नुको साथै आगामी असोजमा राष्ट्रिय परिषद गर्ने समेत निर्णय गरिएको परिषदका महासचिव शान्तिनाथ योगीले बताउनु भयो ।