बुटवल कोभिड विरुद्ध पूर्ण खोप सुनिश्चित

1.3K

बुटवल कोभिड विरुद्ध पूर्ण खोप सुनिश्चित

रुपन्देहीको बुटवल उपमहानगरपालिका १२ वर्ष भन्दा माथि उमेर समुहमा कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता भएको मुलुककै पहिलो उपमहानगर बनेको छ ।
सोमबार एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिलाई १२ वर्ष भन्दा माथि कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता भएको मुलुककै पहिलो उपमहानगर घोषणा गरिएको हो । बुटवलमा १ लाख ९५ हजार ५६५ जनसंख्या रहेकोमा १२ वर्ष माथिका संख्या १ लाख ३४ हजार ७३० रहेको छ । उपमहानगरपालिकाका अनुसार ११७ प्रतिशत अर्थात १ लाख ५७ हजार २९३ जनाले पूर्ण मात्रामा खोप लगाएको छ ।
उपहानगर प्रमुख खेलराज पाण्डेयका अनुसार खोप लगाएका मध्ये २२ हजार ६६३ जना बुटवल उमपहानगर भन्दा बाहिरका हुन् । उपहानगर प्रमुख पाण्डेयले ५ वर्ष भन्द माथिका बालबालिकालाई पहिलो मात्रा लगाई सकिएको र दोस्रो मात्रा लगाउने प्रक्रियामा रहेको जानकारी गराउनु भयो ।
हाल १२ वटा स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारु लगायत उपस्थितिमा बुटवललाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।