नाई संघद्वारा रक्तदान

1.3K

नाई संघद्वारा रक्तदान

नेपाल नाई संघ बुटवल नगर समिति रुपन्देहीले रक्तदान गरेकाे छ । संघकाे वार्षिक कार्यक्रम अनुसार साेमबार रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान गरिएकाे हाे । कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा बाेल्दै नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष काँग्रेस नेता काजिमान श्रेष्ठले नियमित रुपमा गरिने रक्तदानले रगतकाे अभाव पुर्ती गर्ने विश्वास व्यक्त गर्नुभयाे ।
नेपाल नाई संघ बुटवल नगर समितिका अध्यक्ष विनाेद ठाकुरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका उपाध्यक्ष तथा नाई संघका प्रदेश अध्यक्ष सफातुल्ला रजा, संघका जिल्ला उपाध्यक्ष श्याम ठाकुर लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रम उपाध्यक्ष विनाेद ठाकुरकाे संयाेजनमा भएकाे थियाे ।