आर्मी बन्यो ‘नवौं राष्ट्रिय खेलकुद’को च्याम्पियन

1.3K

आर्मी बन्यो ‘नवौं राष्ट्रिय खेलकुद’को च्याम्पियन

गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव च्याम्पियन बनेको छ ।
गएको असोजको २८ गतेदेखि सुरु भएको एक साता लामो राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक १७२ स्वर्ण, १०९ रजत र ८९ कांस्य सहित ३७१ पदक जितेको छ । संगै दश लाख रुपैयाँको लागतमा पहिलो पटक राष्ट्रिय विजेताले पाउने सुन र चाँदीले निर्माण गरिएको ट्रफी उचाल्ने आर्मी पहिलो भाग्यमानी टिम बनेको छ ।
यो ट्रफीलाई सात प्रदेश, तीन वटै विभागीय टिमको मुख्यालयसहित विश्व सम्पदामा सूचीकृत भएका स्वयम्भू, बसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायर, लुम्बिनी सँगै जनकपुरधाम र चन्द्रागिरिमामा पु¥याइएको थियो ।
यस्तै दोस्रो भएको अर्को विभागीय टोली एपीएफले ६४ स्वर्ण ७३ रजत र ८१ कास्यसहित १९५ पदक जितेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको रुपमा रहेको पुरुष फुटबलको स्वर्ण पदक पनि एपीएफले जितेको छ । नेपाल पुलिस क्लबले ६१ स्वर्ण ६१ रजत र ७३ कांस्यसहित कूल १२० पदक जितेको छ ।
प्रदेशतर्फ आयोजक गण्डकी अगाडि रहेको छ । गण्डकीले ३२ स्वर्ण ३१ रजत र ५७ कांस्यसहित १२० पदक जितेर चौथो भएको छ । बागमती २४ स्वर्ण ४७ रजत र ७४ कांस्यसहित १४५, प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कांस्यसहित ८३, सुदूरपश्चिम प्रदेशले १० स्वर्ण १० रजत र ४३ कांस्यसहित ६३ पदक जितेको छ ।
एनआरएनएले १० स्वर्ण ९ रजत र ७ कांस्यसहित २६, लुम्बिनी प्रदेशले ६ स्वर्ण २२ रजत र ४० कास्यसहित ६८ पदक जितेको छ । मधेश प्रदेश ५ स्वर्ण ८ रजत र २६ कांस्यसहित ३९ पदक र अन्तिम स्थानमा रहेको कर्णाली प्रदेशले २ स्वर्ण ४ रजत र १२ कांस्यसहित १८ पदकमा चित्त बुझाएको छ । संगै कर्णालीले दशौं राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी पाएको छ ।
शुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिस्पर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २÷२ स्वर्ण पदक र स्क्वास र सफ्ट टेनिसमा एक–एक स्वर्ण पदकको खेल स्थगित गरिएको प्रविधिक संयोजक हिमाल दाहालले बताउनु भएको छ । गण्डकी प्रदेशका ८ जिल्लामा यो प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाडौंमा गरिएको थियो ।