शिक्षक संघ दरवारमा खड्का

1.3K

शिक्षक संघ दरवारमा खड्का

प्रविण गाहा /

लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्कीले गाउंका विद्यालयका समस्या पहिचान गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताउनु भएको छ ।
नेपाल शिक्षक संघ गुल्मीदरवार गुल्मीको दोस्रो अधिवेशनलाई आज गौडाकोटमा सम्बोधन गदै प्रदेश सभा सदस्य कार्कीले शिक्षा र स्वास्थ्यका कारण बढेको बसाईसराईलाई रोक्न पहाडी क्षेत्रमा विकासमा हराभरा ल्याउनुपर्ने अहिलेको चुनौती रहेको औल्याउनुभयो । बसाईसराईले मात्र समस्याको समाधान नहुने भएकोले यहाका समस्याको हल सबै मिलेर गनुपर्ने बताउनुभयो ।
गुल्मीदरवार गाउंपालिकाका अध्यक्ष सरोज थापाले आवश्यकताका आधारमा प्रयाप्त स्रोत र साधनको अभावले सबै माग पुरा गर्न असम्भव भएपनि शिक्षा क्षेत्रको सुधारको लागि प्रतिवद्ध भएको बताउनुभयो । उहांले शिक्षकलाई गुणस्तरीय शिक्षा प्रदान गर्न संवेदनशिल हुन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस क्षेत्र नं. प्रदेश ख का सभापति हरि अर्यालले शिक्षा क्षेत्रका समस्या पालिका, वडा, गाउसमिति, शिक्षा समितिबाट सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो ।
गाउपालिका उपाध्यक्ष तारा थापा ढेंगाले शिक्षकको समस्या राष्ट्रिय समस्या भएपनि स्थानिय स्तरबाट कसरी सम्बोधन गर्न सकिन्छ भनेर लागि परेको उल्लेख गर्नुभयो ।
नेपाली काग्रेस गुल्मीदरवार गाउपालिका सभापति प्रेम पुनले शिक्षा क्षेत्रको पिर मर्का बुझेर सबै मिलेर समस्या समाधान गनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल शिक्षक महासंघ गुल्मीका अध्यक्ष हिरासिंह सराङकोटीले संघीय शिक्षा ऐन नआउदा सम्म शिक्षा क्षेत्रको समस्या समाधान नहुने उल्लेख गर्नुभयो ।
संघका अध्यक्ष हरी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका सामाजिक विकास संयोजक मुकेश थापा, नेपाल शिक्षक संघ गुल्मीका जिल्ला अध्यक्ष खिम थापा, संघका पालिका पुर्व अध्यक्ष श्रीराज खड्का, सचिव इन्द्र थापा, कर्मचारी युनियनका पालिका सचिव प्रकाश थापा, तरुण दलका पालिका अध्यक्ष सुनिल बस्नेत, बाबुराम कंडेल, नेपाल राहत शिक्षक संघका विष्णु ज्ञवाली, नेपाल विद्यालय कर्मचारी परिषद्का अनिल वि.क., बालविकास संयोजक बसन्ती खड्का लगायतले शिक्षकका समस्या समाधान गर्न राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।
संघले सेवा निवृत्त भएका ६ जना शिक्षकलाई सम्मान गरेको छ । भरत सिंह क्षेत्री, यम थापा, सन्त थापा, एम थापा, सुर्य अर्याल र होम थापालाई सम्मान गरेको हो । त्यसैगरी विभिन्न समयमा सेवा प्रवेश गरेका संघमा आवद्ध २८ शिक्षकलाई स्वागत गरिएको थियो । अधिवेशनले तेजेन्द्र खड्का अध्यक्ष रहेकोे नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुर्य फुङ्जेली, बिष्णु खत्री, सचिवमा इन्द्र थापा, अर्थ सचिवमा रेख बहादुर बस्नेत, सह सचिव अर्थमा नेत्र प्रसाद ज्ञवाली, सह सचिवमा बाबुराम कंडेल, पार्बती बस्नेत, सुरज राकश, सरस्वती बुचा, सदस्यहरुमा गोकर्ण थापा, तुल्सी उपाध्याय, उमा खासु बलाल, साबित्रा थापा, केहरसिङ माझी, गिता थापा, बोधराज अर्याल रह्नु भएको छ ।