लुम्बिनीका सामाजिक विकास मन्त्री गुप्तालाई खेलकुद परिषदमा स्वागत

1.3K

लुम्बिनीका सामाजिक विकास मन्त्री गुप्तालाई खेलकुद परिषदमा स्वागत

लुम्बिनी प्रदेशका नवनियुक्त सामाजिक विकास मन्न्री चन्द्रकेश गुप्तालाई प्रदेश खेलकूद परिषद लुम्बिनीकाे बुटवल स्थित कार्यालयमा स्वागत गरिएकाे छ ।
साेमबार विभागीय मन्त्री गुप्तालाई परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, सामाजिक विकास मन्न्रालयका सचिव कृष्णप्रसाद पन्थ, खेलकुद महाशाखा प्रमुख मनोज गैरे, परिषदका सदस्यहरू राजकुमार पाण्डे, हरिष वली, बुटवल उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष यज्ञप्रसाद पंगेनी, वडा नं. ५ का अध्यक्ष तथा बुटवलका खेल संयाेजक हरिप्रसाद श्रेष्ठ, लाफा समूहका अध्यक्ष बबिन थापा लगायतले मन्त्री गुप्तालाई स्वागत गर्नु भयाे ।
त्यस अवसरमा मन्त्री गुप्ताले खेलकुदकाे विकासका लागि सबैसंग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयाे । उहाँले आफू नयाँ भएकाले आवश्यक अध्ययन गर्ने र यहाका समस्याहरु जानकारी गराउन आग्रह गर्नुभयाे ।
मन्त्री गुप्तालाई स्वागत गर्दै सदस्य सचिव भट्टराईले परिषदले गरेका प्रगति प्रतिवेदन सहित आसन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता र कार्यालयका थप याेजनाहरुकाे बारेमा जानकारी गराउनु भएकाे थियाे । उहाँले हालै सम्पन्न नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा लुम्बिनी प्रदेशले १३२ वटा मेडल र बिधागततर्फ ६८ वटा मेडल ल्याउन सफल भएको जानकारी गराउनु भयाे

हेड काेच गुरुङ र स्ट्रेन्थ लिफ्टिंगका विजेता गिरीलाई सम्मान

त्यसै अवसरमा अन्डर २० का हेड काेच यमप्रसाद गुरुङ र स्ट्रेन्थ लिफ्टिंग प्रतियोगितामा बिजेता जीवन गिरीलाई सम्मान गरिएकाे छ ।
बंगलादेशमा हालै सम्पन्न एशियन अन्डर २० महिला फुटबल खेलमा टिमलाई उप बिजेता बनाउन सफल भएको भन्दै नेपाल अन्डर २० महिला फुटबलका हेड कोच गुरूङलाई सम्मान गरिएको हाे । प्रदेश फूटवल टिमकाे चिफ काेच समेत रहेका गुरुङकाे नेतृत्वमा सुदुरपश्चिम राजधानी कपमा लुम्बिनी प्रथम भएकाे थियाे ।
यस्तै स्ट्रेन्थ लिफ्टिंग संघ नेपालका महासचिव गिरी त्रिकिस्तानमा सम्पन्न स्ट्रेन्थ लिफ्टिंग प्रतियाेगितामा नेपाललाई मेडल दिलाउनु भएकाे थियाे । उहाँहरुलाई मन्त्री गुप्ताले दाेसल्ला ओढाएर सम्मान गर्नु भएकाे हाे ।