तिलोत्तमा गोल्डकप : अन्तिम सेमिफाईनलमा भिड्दै मनाङ मस्र्याङ्दी र फ्रेण्ड्स

1.3K

तिलोत्तमा गोल्डकप : अन्तिम सेमिफाईनलमा भिड्दै मनाङ मस्र्याङ्दी र फ्रेण्ड्स

रुपन्देहीको बुटवलमा जारी तिलोत्तमा गोल्ड कपको अन्तिम सेमिफाईनलमा आज मनाङ मस्र्याङ्दी र फ्रेण्ड्स क्लब भिड्दै छन् । आज बिहिबार हुने अन्तिम सेमिफलाईन खेलका विजेता ११ गते शनिबार हुने फाईनल प्रतिस्पर्धामा सुदुरपश्चिम–११ संग भिड्ने छ ।
२२ औं संस्करणको यो प्रतियोगिता (तिलोत्तमा गोल्डकपको पहिलो सेमिफाइनल)मा सुदुरपश्चिम–११ ले १५ औं संस्करणको विजेता थ्रीस्टार क्लबलाई १ शुन्य गोलले पराजित गर्दै उपाधि यात्रा तय गरेको हो । सुदूरपश्चिम–११ ले उद्घाटन खेलमा रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा गएको थियो । त्यस्तै थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १ शुन्य गोलले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो ।
आज सेमिफाईनमा भिड्न लागेको मनाङमस्र्याङ्दीले विभागीय नेपाल पुलिस क्लवलाई २ एकको अन्तरमा हराएर सेमिफाईनको यात्रा तय गरेको थियो भने फ्रेण्ड क्लवले अर्को विभागीय टिम एपिएफलाई २ एक गोल अन्तरमै जित निकालेर सेमिफाईनलको यात्रा तय गरेको थियो ।
बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, मनाङ मस्र्याङ्दी, रुपन्देही–११, थ्रीस्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूरपश्चिम–११ गरी दुई विभागीयसहित ८ टीम प्रतिस्पर्धामा थिए । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ, एक थान मोटरसाइकल, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।