कोरोना भाईसरको संक्रमण बढ्यो : खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

1.3K

कोरोना भाईसरको संक्रमण बढ्यो : खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालमा कारोना भाईसरको संक्रमण बढेसंगै स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमण विरुद्धको खोप लगाउन आग्रह गरेको छ । दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएपछि खोप लगाउन मन्त्रालयले आग्रह गरेको हो ।
शुन्यमा झरेको कोरोना भाईरसको संक्रमण अहिले बढ्दै गएको छ । पछिल्लो समयमा संक्रमण बढ्दै गएपछि संक्रमितको संख्या अहिले ३५६ पुगेको मन्त्रालयले जनाएको छ ।
केहीदिन अघि गरिएको अनुवांशिक अध्ययनमा नेपालमा पहिलो पटक कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्स.वि.वि. १.१६ देखा परेको थियो । मन्त्रालयले कोरोना भाईरसको संक्रमणको लक्षण देखिनासाथ परीक्षण गराउन र आईसोलेसनमा बस्न समेत अनुरोध गरेको छ ।