लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा उद्याेगपति श्रेष्ठ

1.3K

लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा उद्याेगपति श्रेष्ठ

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अध्यक्षमा उद्याेगपति अजयमान श्रेष्ठ नियुक्त हुनुभएकाे छ । लुम्बिनी प्रदेश सरकारकाे मन्त्रीपरिषद बैठकले बुटवलका उद्याेगपति श्रेष्ठलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकाे विकास समितिकाे अध्यक्षमा नियुक्त गरेकाे हाे ।
तत्कालीन कुलप्रसाद केसी नेतृत्वको सरकारले विकास समितिका अध्यक्ष सुर्यवहादुर भट्टराईलाई हटाएपछि लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्ष पद रिक्त थियो ।
विभिन्न सामाजिक संघसंस्थामा समेत नेतृत्व गर्नु भएका श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्नुकाे साथै सरकारले विकास समितिको रिक्त सदस्य पदमा कपिलवस्तुकी लक्ष्मी खनाललाई नियुक्त गरेको हाे ।