आजदेखि बुटवलमा स्वयमसेवी रक्तदाता समाजको महाधिवेशन हुँदैछ । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ भने सबैका लागि निःशुल्क रगतको लागि दवाव सिर्जना गर्ने समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले बताउनु भयो ।
यो अविधेशनमा समाजले सबैका लागि निःशुल्क रगतको एजेण्डा तय गरेको छ । ‘रक्तदान–मानव जीवनमा अतुलनीय, अनुकरणीय काम’ भन्ने नारासहित आयोजना गरिएको यो महाधिवेशनमा मुलतः रगतलाई निःशुल्क गराउनको लागि सरकारलाई दवाव सिर्जना गर्ने कुरामा केन्द्रित हुने उहाँले बताउनु भयो । उहाँका अनुसार अहिले कतिपय प्रदेश सरकार र स्थानीय तहहरुले रगतलाई निशुल्क गर्ने निर्णय लिएपनि कार्यान्वलयनमा फितलोपना देखिएकोले त्यसको व्यवहारिक कार्यान्वयनमा जोड दिईने छ ।
यो महाधिवेशन स्वयम सेवी रक्तदाता समाज रुपन्देहीको संयोजनमा हुन लागेको हो । महाधिवेशनकाे लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्नुहुने छ । महाधिवेशनमा समाजका जिल्ला शाखा गठन भएका ३४ जिल्लाका एक जिल्लाबाट तीन जना प्रतिनीधि र एकजना पर्यावेच्छेक गरी करिव १ सय जना बढी सहभागी हुने र उद्घाटन कार्यक्रममा तीनीहरु सहित आजिवन सदस्यहरु तथा सुभेच्छुकहरु समेत गरी करिव ढाई तीन सय जना सहभागि हुने नेपाल स्वयम सेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले जानकारी गराउनु भयो ।