चार्टर्ड एकाउन्टेन्सी कस्तो बिद्यार्थीले पढ्ने ?

1.3K

चार्टर्ड एकाउन्टेन्सी कस्तो बिद्यार्थीले पढ्ने ?

सी.ए. महेश घिमिरे /

चार्टर्ड एकाउन्टेन्सी शिक्षा नेपालमा मात्र नभएर विश्वमै आर्थिक क्षेत्रको बिज्ञताको रूपमा आधिकारिकता प्रदान गरिएको शिक्षा हो । यसलाई नियमन गर्ने निकाय देश अनुसार फरक पर्ने गर्दछन् र नेपालमा यसलाई नियमन गर्ने निकाय भनेको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) २०५३ सालमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ द्वारा स्थापित स्वायत्त नियमनकारी निकाय हो । यसको मुख्य उद्देश्य राष्ट्रको आर्थिक उन्नतीका निमित्त लेखा व्यवसायलाई नियमन गर्नु तथा लेखा व्यवसायको विकास, संरक्षण र प्रवर्धन गर्नु हो ।
यसले चार्टर्ड एकाउन्टेन्ट्सहरु उत्पादन गर्नका निम्ति विद्यार्थीहरु भर्ना गर्ने, परीक्षा संचालन गर्ने र तालिमहरु दिने कार्य गर्दछ । चार्टर्ड एकाउन्टेन्ट्सहरुको माग दिन प्रतिदिन बढ्दै गईरहेको हुनाले यस संस्थामा भर्ना हुन आउने विद्यार्थीहरू पनि बढ्दै गइरहेका छन् । वर्षेनी हजारौ विद्यार्थीहरु यस संस्थामा आबद्ध हुने गर्दछन् ।
भनिन्छ जोसंग धैर्य छ र मेहेनत गर्न डराउदैन उसको सफलता निश्चित छ र यही कुरा चार्टर्ड एकाउन्टेन्सी शिक्षामा पनि लागु हुने गर्दछ । चार्टर्ड एकाउन्टेन्सी शिक्षा पढ्ने वा नपढ्ने भन्ने कुरा उसको आजसम्मको सैद्धान्तिक ज्ञानमा मात्रै मापन गर्न हुँदैन र त्यो भन्दा बढी बिद्यार्थीले उक्त शिक्षा प्रति देखाएको लगनशीलता, धैर्यता र सकारात्मक सोचमा निर्भर रहन्छ । मेहनत, हिम्मत र लगनले हरेक सपनालाई सार्थक बनाइदिन्छ त्यसैले हरेक बिद्यार्थी चार्टर्ड एकाउन्टेन्सी पढ्ने योग्य छ जसले दिनमै सपना देख्दछ, सपना उज्ज्वल भविष्यको, सपना भीडबाट अलग हुनेको, सपना आफ्नो पहिचानको ।
यदि तपाईंले आफूलाई नियन्त्रण गर्न सक्नुभयो भने, नियन्त्रण आफूमाथिको, नियन्त्रण गलत विचारमाथिको, नियन्त्रण सामाजिक सञ्जलप्रतिको, नियन्त्रण क्षणिक आनन्द माथिको, नियन्त्रण गलत प्रवृत्ति माथिको र एउटै मात्र सपना, सपना मात्र दुई शब्दको (सि. ए) चार्टर्ड एकाउन्टेन्सी ।
म तपाईंहरू सम्पूर्णलाई जसले उच्च शिक्षा हासिल गरेर जीवनमा छोटो बाटोमा सफलता प्राप्त गर्न चाहनुहुन्छ भने एउटा उत्तम विकल्पको रूपमा चार्टर्ड एकाउन्टेन्सी शिक्षमा निम्तो दिन चाहन्छु । म तपाईहरुलाई के बिश्वास दिलाउन चाहन्छु भने सबै किसिमको समानान्तर सफलता प्राप्त गर्न यो शिक्षा व्यावहारिक र सैद्धान्तिक दुवै हिसाबले उत्कृष्ट मानिन्छ । यो पनि एउटा डाक्टर, इन्जिनियर, ओकील जस्तै प्रोफेसनल कोर्स हो जुन राष्ट्रको आर्थिक उन्नति र प्रगतिको साझेदार बनिरहेको छ ।
हाम्रो नेपाल जस्तो बिकसित देश जहाँको अर्थव्यवस्था दैनिकरुपमा वृद्धि हुँदै गइरहेको छ, त्यहाँ चार्टर्ड एकाउन्टेन्सी शिक्षाको भूमिका उल्लेखनीय रुपमा रहेको पाइन्छ । यसको प्रथम तह (CAP I) मा भर्ना हुनका लागि 10±2 उत्तीर्ण भएको हुनुपर्दछ भने दोश्रो तह (CAP II) मा भर्ना हुनको लागि प्रथम तह (CAP I) उत्तीर्ण अथवा स्नातक तहमा वाणिज्य संकाएबाट ५० अङ्क ल्याई र अन्य संकायबाट ६० प्रतिशत अङ्क ल्याई उत्तीर्ण भएको हुनुपर्दछ ।
CAP II र CAP III पास गरिसकेपछि चार्टर्ड एकाउन्टेन्ट बन्न सकिन्छ । CAP III मा विद्यार्थीले सक्षम चार्टर्ड एकाउन्टेन्टसँग तीन वर्ष सिक्ने अवसर प्राप्त गर्ने छन् । यो चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको राम्रो पक्ष हो । यो सिपमुलक शिक्षा अब बुटवलबाटै सिक्न पाउने व्यवस्था गरिएको छ ।
अब बुटवलमै दक्ष चार्टर्ड एकाउन्टेन्ट्सहरुबाट कम शुल्कमा सी.ए अध्ययन गर्न पाईने भएको छ । यसका लागि विद्यार्थीहरुले तिर्नुपर्ने शुल्क बि.बि.एस/बि.बि.ए भन्दा पनि कम रहेको छ । साथै गरीब तथा जेहेन्दार विद्यार्थीलाई बुटवलस्थित भी.आर.एम इन्स्टिच्युट अफ म्यानेजमेन्ट, चार्टर्ड एकाउन्टेन्ट्स कलेजले विभिन्न विधामा छात्रवृत्तिको व्यवस्था गरेको छ ।
हाल नेपालमा सबैभन्दा कम शुल्कमा सी.ए अध्ययन गर्न पाईने भएको छ । आइक्यान नियमनकारी निकाय मात्र भएकोले यसको आफ्नै विश्वविद्यालय वा क्याम्पस छैन । पढ्नको लागि विभिन्न कोचिङ सेन्टर तथा इन्स्टिच्युटहरूले यो विषयमा अध्यापन गराउँछन् ।
बुटवलमा भी.आर.एम इन्स्टिच्युट अफ म्यानेजमेन्ट, चार्टर्ड एकाउन्टेन्ट्स कलेजमा सम्पूर्ण विषयहरू विषयगत विज्ञ चार्टर्ड एकाउन्टेन्ट्स हरुबाट पढाइने र विज्ञान संकाय बाट आएका विद्यार्थीहरुलाई विशेष कक्षाहरू सञ्चालनमा ल्याइएको हुनाले परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरूको संख्या उच्च रहेको पाइन्छ । साथै, पढ्नको लागि चाहिँने सम्पूर्ण पुस्तकहरू र शान्त वातावरण सहितको पुस्तकालयको व्यवस्था गरिएको छ ।
विद्यार्थीले CAP I ६ महिना, CAP II ९ महिना तथा CAP III ३ वर्ष गरी लगभग ४ वर्ष ३ महिनाको समयावधिमा सिए पूरा गर्न सक्छन् । सीए पढ्ने विद्यार्थीका लागि बर्षै भरि भर्ना खुल्ला रहन्छ । तथापी CAP I तहमा अंग्रेजी महिनाको जुन १ देखि सोही वर्षको नोभेम्बर मसान्तसम्म भर्ना हुन आउने विद्यार्थीले अर्को वर्षको जुन महिनामा सञ्चालन हुने अन्तिम परीक्षामा सामेल हुन पाउँछ ।
उदाहरणका लागि कुनै विद्यार्थी जुन १, २०२१ देखि नोभेम्बर भित्र भर्ना भएमा त्यो विद्यार्थीले जुन २०२२ मा सञ्चालन हुने अन्तिम परीक्षामा सामेल हुन पाउँछ । त्यस्तैगरी CAP I तहमा अंग्रेजी महिनाको डिसेम्बर १ देखि अर्को वर्षको मे मसान्तसम्ममा भर्ना भएमा सोही वर्षको डिसेम्बरमा सञ्चालन हुने अन्तिम परीक्षामा सामेल हुन पाउँछ । उदाहरणका लागि कुनै विद्यार्थी सेप्टेम्बर १, २०२० देखि फेब्रुअरी २०२१ भित्र भर्ना भएमा सो विद्यार्थीले डिसेम्बर २०२२ मा सञ्चालन हुने अन्तिम परिक्षामा सामेल हुन पाउँछ । CAP III तहमा भर्ना हुनका लागि भने अनिर्वायरूपमा CAP II तह पास गरेको हुनुपर्छ ।
अन्त्यमा म तपाईंहरूलाई के प्रष्ट पार्न चाहन्छु भने, धेरै विद्यार्थीहरु चार्टर्ड एकाउन्टेन्सी शिक्षा पढ्न धेरै गाह्रो छ भनेर डरले चार्टर्ड एकाउन्टेन्ट्स पढ्ने रहर हुँदा हुँदै पनि अरु विषय पढ्ने गरेको पाइन्छ । वास्तवमा त्यस्तो होइन । मेहेनत गरेर लगनसँग पढ्ने सम्पूर्ण विद्यार्थीहरू यो विषयमा उत्तीर्ण गरेका छन् । यो विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान लिनुपर्ने भएकाले समय दिएर अध्ययन गर्ने विद्यार्थीले सहजै सफलता हासिल गर्न सक्छन् ।

(लेखक भी. आर. एम. इन्स्टिच्युट अफ म्यानेजमेन्टका निर्देशक तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ, रुपन्देहीका सचिव हुनुहुन्छ ।)