वैदेशिक शिक्षामा जाने विद्यार्थीलाई लक्षित गरेको बुटवलमा वर्कशप गरिँदै

1.3K

वैदेशिक शिक्षामा जाने विद्यार्थीलाई लक्षित गरेको बुटवलमा वर्कशप गरिँदै

उच्च शिक्षा अध्ययनको लागि वैदेशिक शिक्षामा जाने विद्यार्थीलाई लक्षित गरेर बुटवलमा एक दिने वर्कशपको तयारी गरिएको छ ।
विशेष गरेर अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, युके र इण्डिया ६ देशमा जान चाहेका विद्यार्थीलाई लक्षित गरेर व्रिटिस काउन्सिल अन्तरगतको रोयल एजुकेशनल फाउण्डेशनले यहि जेठको १३ गते शनिबार वर्कशप गर्न लागेको हो ।
जसमा आईएलटिएस र पिटिईको बारेमा जानकारी गराउनको लागि व्रिटिस काउन्सील, पिएसएन, ईक्यान तथा रोयल एजुकेशनल फाउण्डेशनका प्रतिनीधिहरु आउने रोयल एजुकेशनल फाउण्डेशन बुटवलका सञ्चालक कृष्णहरी पाण्डेले जानकारी गराउनु भयो ।
रोयल एजुकेशन फाउण्डेशनले एक वर्षदेखि बुटवलबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, युके र भारत अध्ययनमा जान चाहनेहरुका लागि सेवा दिदै आएको छ भने काठमाण्डौमा सन् २००३ देखि काम गर्दै आएको थियो । त्यसबाहेक इटहरीबाट पनि काम गर्दै आएको जनाएको छ ।
रुपन्देहीका विभिन्न विद्यालयका प्लस टु दिएर बसेका ३ सय विद्यार्थी वर्कसपमा सहभागी हुने उहाँले जानकारी गराउनु भयो । आईएलटिएस र पिटिईका बारेमा कसरी पढ्ने, कहाँ पढ्ने र उत्कृष्ट नतिजा ल्याउने उपायका बारेमा विषय विज्ञहरुबाट सहजीकरण गरिछ ।