नेपाल प्रेस युनियनकाे स्थापना दिवसकाे अवसरमा रुपन्देहीमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे छ । लाेकतन्त्रवादी पत्रकारहरुकाे छाता संस्था नेपाल प्रेस युनियनकाे ३२ औं स्थापना दिवसकाे अवसरमा नेपाल प्रेस युनियन रुपन्देहीले शनिबार रक्त सञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम आयाेजना गरेकाे हाे ।
याे कार्यक्रममा आएर रक्तदानमा सहभागी हुनकाे लागि प्रेस युनियन रुपन्देहीले युनियनका सदस्य तथा सुभेच्छुक सहित सबैलाई आह्वान गरेकाे छ । रगतकाे अभावमा कसैले पनि ज्यान गुमाउनु नपराेस् भन्ने उदेश्यले रगतकाे उपलब्धता र रक्तदान संस्कारकाे विकासकाे लागि रक्तदान कार्यक्रम आयाेजना गरिएकाे नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले जानकारी गराउनु भयाे ।
प्रजातन्त्र पुःनस्थापनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न पाउने अधिकार प्रत्याभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हित र अधिकार प्राप्तिका लागि लाेकतन्त्रवादी पत्रकारहरुकाे सक्रियतामा २०४८ जेठ १३ गते नेपाल प्रेस युनियनकाे स्थापना गरिएकाे थियाे । हाल मुलुकभर ७ हजार ४ सय भन्दा वढी पत्रकार प्रेस युनियनमा आवद्ध छन् । त्यस्तै रुपन्देहीमा विभिन्न सञ्चार गृहमा कार्यरत २ सय बढी पत्रकार तथा सञ्चारकर्मी प्रेस युनियनमा आवद्ध रहेकाे युनियन रुपन्देहीका सचिव कपिल ज्ञवालीले जानकारी गराउनु भयाे ।

नेपाल प्रेस युनियनले विभिन्न कार्यक्रम सहित ३२ औं स्थापना दिवस मनाउने निर्णय गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय बैठकले जेठ १२ देखि १४ गतेसम्म त्रीदिवसिय कार्यक्रम सहित स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
स्थापना दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल वितरण, प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका विषयक विचार गोष्ठी, रक्तदान तथा खेलकुद कार्यक्रम गरी मनाउने निर्णय गरेको प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिनुभयाे । स्थापना दिवस मनाउनका लागि सबै जिल्ला तथा प्रतिष्ठान शाखालाई केन्द्रीय समितिले आग्रह गरेको छ ।
जेठ जेठ १३ गते केन्द्रीय समितिको आयोजनामा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रेस स्वतन्त्रता रक्षाका लागि सञ्चार क्षेत्रको भूमिका विषयक विचार गोष्ठी आयोजना गरी मूल समारोहका साथ स्थापना दिवस मनाउने निर्णय भएको छ । युनियनले पत्रकारको ट्रेड युनियन अधिकार, प्रेस स्वतन्त्रता, श्रमजिबी पत्रकारको अधिकार, पत्रकारको क्षमता विकास लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।