नेपाल परिवार नियोजन संघ रुपन्देहीको अध्यक्षमा युवा व्यवसायी शाक्य

1.3K

नेपाल परिवार नियोजन संघ रुपन्देहीको अध्यक्षमा युवा व्यवसायी शाक्य

नेपाल परिवार नियोजन संघ रुपन्देही शाखाको अध्यक्षमा युवा व्यवसायी प्रदिप शाक्य निर्वाचित हुनु भएको छ । शाखाको शुक्रबार सम्पन्न ३६ औं साधारण सभाबाट नयाँ कार्यसमिति निर्बिरोध चयन गरिएको निर्वाचन अधिकृत अधिवक्ता महेन्द्रप्रसाद पाण्डेले जानकारी गराउनु भयो ।
जसको कोषाध्यक्ष निरजप्रसाद लाकौल तथा सदस्यहरुमा भारती जोशी, सरस्वती अमात्य, सविता शाक्य, डा. सरिता श्रेष्ठ, मोहन बश्याल र अशोक गौतमलाई चयन गरिएको छ । त्यस्तै युवा सदस्यमा बिनी शाक्य, निशा भण्डारी र किरण तिवारीलाई चयन गरिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकाल, नेपाल परिवार नियोजन संघका पूर्व केन्द्रीय महासचिव निर्मलप्रसाद लाकौल, पूर्व केन्द्रीय सदस्य ईरादेवी थैव, संघका पूर्व अध्यक्षहरु चिरञ्जीवी जोशी, पुरुषोत्तम बस्याल, बुटवल ५ का वडा अध्यक्ष हरीप्रसाद श्रेष्ठ, ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, १४ का अध्यक्ष दधी न्यौपाने, बुटवलका पूर्व उपमेयर विमलबहादुर शाक्य, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
साधारण सभामा सचिव बाबुराम पाण्डेले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष भारती जोशीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित भएको छ ।