बुटवल बहुमुखी क्याम्पस बिबिए कार्यक्रम निर्देशकमा नियुक्त डा. ओम प्रकाश अर्यालले पदभारर ग्रहण गर्नु भएकाे छ । शुक्रबार भएकाे पदस्थापन कार्यक्रममा बाेल्दै डा. अर्यालले बिबिए कार्यक्रममा आफ्नाे मन, वचन र कर्मले विद्यार्थीको पहिलो रोजाईको क्याम्पस बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
उहाँले क्याम्पसबाट दिक्षित हुने विद्यार्थी देशको सरकारी तथा निजि संस्थाहरुको लागि आवस्यक सकारात्मक सोच, सामाजिक उतरदायीत्व र सिर्जनात्मक भावना भएको कर्मचारी तथा उद्धमी मानव संशाधन उत्पादन गर्ने संस्थाको रुपमा स्थापित हुनको लागि कोसेढुंगा हुने बताउनु भयो ।
कार्यक्रममा व्यवस्थापन संकाय प्रमुख डा. सुर्यबहादुर रानाले छोटो समयमा व्यबस्थापन संकायले फट्को मारेको उल्लेख गर्दै हाल करिब २ हजार ५ सय विद्यार्थी व्यवस्थापन संकायमा रहेका जानकारी गराउनु भयाे । त्यस्तै क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने, सहायक क्याम्पस प्रमुख विजय सापकोटा, डा. प्राम्शु नेपाल, जीव भण्डारी, स्ववियु अध्यक्ष दुर्गाबहादुर एमसी लगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।