नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीको कार्ययोजनामा बुटवल १५ स्थित नवरत्न माध्यमिक बिद्यालयमा रक्तदान कार्यक्रम गरिएकाे छ । नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द उपशाखाको आयोजना र नवरत्न माध्यमिक बिद्यालयकाे आतिथ्यतामा डेंगी नियन्त्रणका लागि गरिएकाे कार्यक्रममा शिक्षक, विद्यार्थी, सेवा क्षेत्रका जनप्रतिनिधि, अभिभावक समेत गरी ५९ जनाले रक्तदान गरेकाे बिद्यालयले जनाएकाे छ ।
कार्यक्रम नेपाल रेडक्रस साेशाइटी जिल्ला शाखा रुपन्देहीका निवर्तमान सभापती प्रेमलाल उदासकाे आतिथ्यता तथा मणिमुकुन्द उपशाखाका सभापती सुहाबहादुर नेपालीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद भुसाल, जनप्रतिनिधी रमा पाैडेल पराजुली, बिद्यालयका प्रधानाध्यापक हेमराज आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
बिद्यालयकी शिक्षक नायक कल्पना खड्काकाे स्वागत तथा नेपाल रेडक्रस साेशाइटीका आजिवन सदस्य गंगा नेपालकाे सञ्चालनमा भएकाे कार्यक्रममा नवरन युवा रेडक्रस सर्कलका अध्यक्ष निशु कार्कीले रेडक्रसका सात सिद्धान्त वाचन गर्नुभएकाे थियाे ।