नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देही शाखाको साधारण सभा सम्पन्न भएको छ । २०५३ सालमा स्थापना भएको संस्थाले लामो समयदेखि क्यान्सर रोगको रोकथाम र नियन्त्रणमा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
संस्थाको साधारण सभाले शाखा सभापति खिम बहादुर हमालले पेश गर्नुभएको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुरेन्द्रमुनी शाक्यले पेश गर्नुभएको आर्थिक प्रतिवेदन अनुमोदन गरेकाे छ ।
साधारण सभाले संस्थाको आजीवन सदस्यतालाई बिस्तार गर्ने निर्णय समेत गरेको सचिव प्रजापाल गिरीले बताउनु भयो ।
साधारण सभामा बोल्दै समाजसेवी चित्रमान गौचनले संस्थाको सर्वोपरि हितमा लगानी गर्न आह्वान गर्नुभयो । कार्यक्रममा संस्थाका सल्लाहकार डा. रोहितराज क्षेत्री, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका संस्थाका सदस्य हरीप्रसाद अर्याल, वीना न्यौपाने लगायतले बोल्नुभयो ।