नेपाल चिकित्सक संघ लुम्बिनी प्रदेशको अध्यक्षमा डा. कृष्ण खरेल निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न प्रदेश अधिवेशनबाट डेमोक्रेटिक डक्टर्स एशोसियसन लुम्बिनीका अध्यक्ष खरेल चिकित्सक संघको प्रदेश अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
अधिवेशनले सर्वसम्मत १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष डा. सन्दिप सुवेदी, उपाध्यक्ष डा. वर्षा थापा, महासचिव डा. प्रकाश बस्नेत, कोषाध्यक्ष पदमा डा. रमेश भट्टराई, सहसचिवमा डा. मोहनलाल तिवारी, सहकोषाध्यक्ष डा. अमित चतुर्वेदी र सदस्यहरुमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा. मनिष विश्वकर्मा, डा. राजेन्द्र बश्याल, डा. सदिक्षा चापागाई र डा. आकाश शाही रहनु भएको छ ।
