नेपाल वित्तिय संस्था कर्मचारी संघले रक्तदान गरेकाे छ । कृषि विकास बैंककाे ५७ औं वार्षिकाेत्सवकाे अवसरमा नेपाल वित्तिय संस्था कर्मचारी संघ लुम्बिनी प्रदेशले शुक्रबार भैरहवा स्थित बैंककाे कार्यालयमा रक्तदान गरिएकाे हाे ।
रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका थिए । संघका प्रदेश अध्यक्ष प्रकाश भट्टराईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल बित्तिय संस्था कर्मचारी संघ कृषि बिकास बैंकका केन्द्रीय उपाध्यक्ष अब्दुल मतिन मुसलमान, नेपाल वित्तिय कर्मचारी संघका केन्द्रीय उपमहासचिव रामचन्द्र विक, कृषि विकास बैंक प्रदेश कार्यालयका निर्देशक नारायणप्रसाद आचार्य, संघका केन्द्रीय सदस्य नवराज गाैतम गणेश श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।