मदानेका अध्यक्ष कुँवरद्वारा क्यान्सर ग्रसित टमाटालाई आर्थिक सहयोग प्रदान

1.3K

मदानेका अध्यक्ष कुँवरद्वारा क्यान्सर ग्रसित टमाटालाई आर्थिक सहयोग प्रदान

गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले क्यान्सर ग्रसित कमल टमाटालाई उपचारको लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ । मदाने गाउँपालिका वडा नं. ७ निवासी ३५ वर्षीय क्यान्सर ग्रसित टमाटालाई आईतबार उहाकै घरमा पुगेर अध्यक्ष कुँवरले २० हजार रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
टमाटा विगत एक वर्षदेखि ब्लड क्यान्सर भई पाटन क्यान्सर अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ । ईमो चढाउन काठमाण्डौ जाने तयारीमा रहनु भएका टमाटाको उपचारमा केही भएपनि सहयोग होस भनेर स्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोग प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष कुवँरले बताउनु भयो ।
नेपाली काँग्रेस मदाने गाउँसमितिका सभापति समेत रहनु भएका कुँवरले अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाबाट पाउने आर्थिक सुविधावापतको रकम पार्टी समितिले परिचालन गर्नेगरी छुट्टै खाताको व्यवस्थापन गर्नुभएको छ । त्यसरी खातामा जम्मा भएको पैसा पार्टी समितिको निर्णयमा खर्च गर्ने व्यवस्था अनुसार पार्टी समितिको निर्णयमा क्यान्सर ग्रसित टमाटालाई आर्थिक सहयोग प्रदान गरिएको हो ।