फार्मेसी संघमा शुभकामना आदानप्रदान

1.3K

फार्मेसी संघमा शुभकामना आदानप्रदान

नेपाल फार्मेसी संघ रुपन्देहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । सोमबार बुटवलमा भएको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाले प्रकाशन गरेको भित्त पात्रो समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष किरण ढकालले आफूहरुको हकहितको लागि सबै फर्मासिष्टहरु एकजुट हुनुपर्ने बताउनु भयो ।
संघका अध्यक्ष गणेश सेढाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश अध्यक्ष गोविन्द तिवारी सल्लाहकार धर्मराज भट्टराई, कपिलबस्तु अध्यक्ष रमेश शर्मा, भित्तेपात्रो प्रकाशन समितिका संयोजक चोकलाल सापकोटा, सदस्य महेश पाण्डे र पिताम्बर अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका सचिव उदय खत्रीको सञ्चालनमा भएको थियो ।