भाेली शनिबार रुपन्देहीका प्रयाेगशाला (ल्याव) मा नि:शुल्क सुगर परीक्षण गरिने भएकाे छ । मेडिकल ल्याबाेरेटरी एशाेसियशन अफ नेपाल (मेलान) काे स्थापना दिवसकाे अवसरमा जिल्लाका सबै ल्यावमा नि:शुल्क सुगर परीक्षणकाे व्यवस्था मिलाईएकाे मेलान रुपन्देहीका अध्यक्ष नारायण पाैडेलले बताउनु भयाे ।
भाेली जेठ २६ गते मेलानकाे १९ औं स्थापना दिवस हाे ।
स्थापना दिवसकाे पूर्व शन्ध्यामा शुक्रबार केन्द्र, प्रदेश र रुपन्देही जिल्ला समितिकाे संयुक्त रुपमा बसेकाे बैठकले जिल्लाका सबै ल्यावमा नि:शुल्क सुगर परीक्षण गर्ने र बृद्धाश्रममा खाद्यान्न तथा फलफूल वितरण गर्ने निर्णय गरिएकाे अध्यक्ष पाैडेलले बताउनु भयाे ।
उहाँका अनुसार बुटवल उपमहानगरपालिका वडा नं. २ मेनावर स्थित श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु बृद्धाश्रममा खाद्यान्न तथा फलफूल प्रदान गरिने छ । ल्यावहरुमा हुने नि:शुल्क सुगर परीक्षणमा सहभागी भई त्यसबाट लाभ लिन समेत उहाले आम सर्वसाधारणलाई आग्रह गर्नुभएकाे छ ।