बुटवल बहुमुखी क्याम्पसमा नेविसंघको आन्दोलन : क्याम्पस प्रमुखद्वारा राजीनामा

1.3K

बुटवल बहुमुखी क्याम्पसमा नेविसंघको आन्दोलन : क्याम्पस प्रमुखद्वारा राजीनामा

बुटवल बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको आन्दोलनका कारण क्याम्पस प्रमुखले राजीनामा गर्नुभएको छ । नेविसंघको आन्दोलनका कारण क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपानेले विहिबार त्रिभूवन विश्वविद्यालयका उपकुलपति समक्ष राजिनामा पेस गर्नुभएको हो ।
नेपाल विद्यार्थी संघले बुटवल बहुमुखी क्याम्पसमा मंगलबारदेखी विद्यार्थी संगठन बिच भएको विवादका विच बुधबार प्रहरीले निर्दोष विद्यार्थीमाथि लाठिचार्ज भएको र क्याम्पस हाताभित्र प्रहरी पवेश गरी लाठिचार्ज गरेको विषयमा नेविसंघले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको थियो । साँझ ५ बजेसम्म पनि क्याम्पस प्रमुख क्याम्पसमा उपस्थित नभएपछि नेविसंघले क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दि गरिदिएको थियो ।
विद्यार्थीले लगायको ताला फोडेर सहायक क्याम्पस प्रमुखलाई बाहिर निकाल्न प्रहरीले गरेको प्रयासमा विद्यार्थीले अवरोध गरेका थिए । बुधबार क्याम्पस हाता भित्र विद्यार्थीलाई लाठिचार्ज गरेको प्रहरी विहिबार भने संयम बनेको थियो ।
विद्यार्थीको आन्दोलनका कारण क्याम्पस प्रमुख डा. न्यौपानेले राजीनामा गरेपछि भने नेविसंघले लगाएको ताला खोलिदिएको छ । बुधबार भएको लाठी चार्जमा नेविसंघका केन्द्रीय सदस्य प्रदिप घर्ती मगर लगायतका विद्यार्थीहरु घाइते भएका थिए ।
विहिबार गरेको नेविसंघको आन्दोलनमा नेपाल विद्यार्थी संघ रुपन्देही जिल्ला अध्यक्ष सन्दिप पाण्डे, केन्द्रीय सदस्यहरु प्रदिप घर्तिमगर, केन्द्रिय सदस्य विष्णु खनाल, प्रेम परियार, विकास पाण्डे, सागर पौडेल, नेविसंघ बुटवल बहुमुखी क्याम्पसका नेताहरु सुमन गुरुङ, कृष्ण खनाल, नारायण घिमिरे भावुक, प्रयास आचार्य, विपिन्द्र पाण्डे, कृष्ण श्रेष्ठ, नारायण पाण्डे, सन्देश पोख्रेल, श्रीधर ज्ञवाली, सुरज पन्थी लगायत सहभागि थिए ।