बुटवल हस्पिटल प्रा.लि.मा रक्तदान

1.3K

बुटवल हस्पिटल प्रा.लि.मा रक्तदान

बुटवलमा रगतको अभाव हुन थालेपछि बुटवल हस्पिटल प्रा.लि.ले रक्तदान कार्यक्रम गरेको छ । अस्पतालमा विहिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, नर्स लगायत ७५ जनाले रक्तदान गरेका थिए ।
अस्पतालले नयाँ भवनबाट सेवा प्रारम्भ गरेको अवसरमा देखिएको रगत अभावको परिपूर्ति हुन सकोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अस्पतालले जनाएको छ ।
अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष ललित खरेल, सचिव मोहन पाण्डे, मेडिकिल निर्देशक डा. कृष्ण खनाल, वरिष्ठ डा. नन्दु पाठकले विरामीका लागि अत्यन्तै आवश्यक पर्ने रगतको अभाव हुन नदिन अस्पतालले नियमित रुपमा आफ्ना कर्मचारीहरु मार्फत रक्तदान गरिने बताउनु भयो ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलकी कार्यालय प्रमुख राधा शर्माले रगत संकलनमा प्रयोग हुने व्याग अस्पतालका पदाधिकारीलाई हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा रक्तदातालाई अस्पतालका तर्फबाट प्रमाण पत्र प्रदान गरिएको थियो । पछिल्लो समय रक्त सञ्चार केन्द्रहरुमा रगतको माग अत्याधिक रहेका कारण रक्तदान कार्यक्रम अस्प्तालले आयोजना गर्नु स्वागत योग्य रहेको रक्तसञ्चार सेवा केन्द्र बुटवलकी प्रमुख शर्माले बताउनु भयो ।